काठमाडौं, २४ भदौ । आफ्नै २३ महिनाकी छोरी पृन्सीका भण्डारीको हत्या गरी खोलामा फालेको आरोपमा प्रहरीले ललितपुर कोन्जोसोम गाउँपालिका–३ दहचोक बस्ने २१ वर्षीया प्रमिला भण्डारीलाई पक्राउ गरेको छ ।
गत साउन २७ गत साँझ ५ बजे प्रमिलाले छोरी पृन्सीकालाई कुटपिट गर्दा मृत्यु भएपछि खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
शुरूमा छोरी हराएको निवेदन लिएर प्रहरीमा पुगेकी प्रमिलामाथि प्रहरीले थप केरकार गर्दा उनले छोरीलाई कुटपिट गर्दा मृत्यु भएपछि खोलामा फालेको बयान दिएकी थिइन् भने पृन्सीकाको शव साउन २८ गते ठोस्ने खोलामा रुखको हाँगामा अड्किएको अवस्थामा फेला परेको थियो ।