जनकपुर, १६ भादौं । नेपाल राष्ट्रिय मुसहर संघले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने मुसहर समुदायका विद्यार्थीलाई सम्मान गरेको छ ।
केही दिन अघि प्रकाशित नतिजा अनुसार धनुषा, सिरहा, महोत्तरी, सप्तरी, रौतहट, बारा, सुनसरी,मोरंग र झापा लगायत २०५ जना बिद्यार्थीलाई सम्मान गरेको हो ।
नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा गरिएको सम्मान कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो ।
प्राप्त नतिजाले सामुदायिक विद्यालयबाट पनि मुसहर समुदायका बिद्यार्थीहरु उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।
संघका अध्यक्ष चन्देश्वर सहाले बिद्यार्थीहरु टीका र सम्मान पत्र दिई सम्मान गरेको थियो ।














