काठमाडौ, १२ भदौ । शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय एमके कुमार छन् ।
राईको हत्या आरोपमा एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ भने व्यक्तिगत रिसइबीका कारण उनले राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।
शंखमूलकै साइबाबा पार्कस्थित टहरामा भाडामा बस्दै आएका एमकेको कोठाबाट प्रहरीले घटनामा प्रयोग भएको रड पनि बरामद गरेको छ भने मृतक राईको पर्स, चस्मा, झोला लुगा पनि बरामद भएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन ।














