एजेन्सी, भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने घोषणा गरेकी छिन् ।
कोलकाताको आरजी कार मेडिकल कलेजकी एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोध प्रदर्शनका बीच उनले यस्तो बताएकी हुन् ।
आगामी साता संसदको बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी १० दिनभित्र विधेयक पारित गर्छौं ।
यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ,’ मुख्यमन्त्री बेनर्जी भनिन्, ’यदि उनीहरूले विधेयक स्वीकृत गरेन भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौँ ।
यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’ कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्यापछि राज्य सरकारको भूमिकाको आलोचना भइरहेको छ ।














