KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

किन पुगे मुख्यमन्त्री सिँह मुसहर बस्ती ?

किन पुगे मुख्यमन्त्री सिँह मुसहर बस्ती ?

जनकपुर, १२ भादौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मंगलबार साँझ धनुषा जिल्लाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी त्यहाँका बासिन्दासँग समसदायका समस्याबारे छलफल गरेका छन् ।

महिनामा एकपटक एक दलित बस्ती अवलोकन गरी त्यहाँका विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन लगायत समस्याका बारेमा स्थानीयसँग कुराकानी गर्ने कार्यक्रमअनुसार मुख्यमन्त्री सिँह वैदेही स्कुल टोलको मुसहर बस्ती पुगेका हुन् ।

बस्तीमा पुगेर मुख्यमन्त्री सिँहले महिला, बालबालिका, युवा तथा वृद्धसँग उनीहरूका समस्याका बारेमा जानकारी लिएका छन् । बस्तीका विभिन्न घरका दैलौमै बसेर उनले मुसहर समुदायका बालबच्चाको पढाइलेखाइ, स्वास्थ्योपचारका व्यवस्था, सरसफाइ, आयआर्जनका कामसँगै बानीव्यवहारका बारेमा सवालजबाफ गरेका थिए ।

मुख्यमन्त्री सिँहले सङ्घीयताका कारण जनप्रतिनिधिका रूपमा स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व भएको भन्दै सङ्घीयता संस्थागत गर्ने जिम्मेवारी सबै समुदायका जनताको रहेको समेत बताए ।

बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अधिकांश पुरुष रोजगारका लागि भारत जाने गर्छन् भने गाउँमा भएका पुरुष पनि खेतीहर मजदुरका रूपमा काम गर्छन् ।

यस समुदायका महिलासमेत आआर्जनका लागि कृषिसम्बद्ध श्रम गर्ने गर्छन् । आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेकाले उनीहरूले आम्दानीको ठूलो हिस्सा गुम्ने गरेको गुनासो मुसहर समुदायका महिलाले मुख्यमन्त्री सिँहसँग गरेका थिए ।

त्यसको उत्तरमा मुख्यमन्त्री सिँहले यसमा सुधार ल्याउन समुदायबाट समेत पहल हुनुपर्ने बताए । मुख्यमन्त्री सिँहले गत दुई दशकमा अन्य समुदायमा परिवर्तन आए पनि मुसहर समुदायमा त्यस्तो हुन नसकेको भन्दै मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल हुनुपर्ने बताए ।

उनले कम उमेरमा छोरीको बिहा नगरी लेखपढ गराएर मात्र बिहाबारी गर्न मुसहर महिलालाई सुझाए । मुख्यमन्त्री सिँहले बस्तीका महिलालाई भने, ‘बच्चालाई घाँसदाउरा र मेलापात गराउने, वस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, सधैँ स्कुल पठाउनुस्, स्कुलबाट फर्कँदा घरमा पढोस् भन्ने कुरामा जोड गर्नुस् ।

समुदायको मुहार आफसेआफ फेरिन्छ ।’ बस्ती भ्रमणक्रममा मदिरा बिक्रीवितरण हुने रक्सी पसलअघि पुगेका मुख्यमन्त्री सिँहले रक्सीका कारण समाज बन्न नसकेको भनेपछि बिक्रीका लागि भुइँमा फिजाएर राखिएका रक्सीका बोतल पसले तत्काल थान्कोमुन्को लगाएका थिए ।

उनले जाँडरक्सी सेवन गर्ने समुदायका पुरुषलाई लक्षित गर्दै ‘साँझको अफिस’ बन्द गर्न आग्रह गरे । उनले त्यसो भनेपछि दुःख गरेर कामएको पैसाबाट दिनहुँ रक्सी खानेहरूका बारेमा समुदायका महिला समेतले मदिरापानलाई साँझको अफिस भन्न थालेका थिए ।

स्थानीयका अनुसार जिल्लाकै दलित समुदायमा मुख्यमन्त्री पुगेको भने पहिलोपटक हो ।

Facebook Comment


Related Posts

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली बस्ती हटाउने काम सुरु

थापाथली बस्ती हटाउने काम सुरु

डीआईजी बन्ने दौडमा ६ एसएसपी, सुवेदी पहिलो नम्बरमा

डीआईजी बन्ने दौडमा ६ एसएसपी, सुवेदी पहिलो नम्बरमा

थापाथली बस्तीमा सुरक्षा सतर्कता, हटाउने प्रक्रिया सुरु

थापाथली बस्तीमा सुरक्षा सतर्कता, हटाउने प्रक्रिया सुरु

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

ताजा समाचार

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली बस्ती हटाउने काम सुरु

थापाथली बस्ती हटाउने काम सुरु

डीआईजी बन्ने दौडमा ६ एसएसपी, सुवेदी पहिलो नम्बरमा

डीआईजी बन्ने दौडमा ६ एसएसपी, सुवेदी पहिलो नम्बरमा

थापाथली बस्तीमा सुरक्षा सतर्कता, हटाउने प्रक्रिया सुरु

थापाथली बस्तीमा सुरक्षा सतर्कता, हटाउने प्रक्रिया सुरु

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar