काठमाडौं, ९ भादौं । परोसी देश भारतको विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ट्रकसँग ठोक्किएर बस पल्टिएको छ । बसमा सवार ३ दर्जन बढी यात्रु घाइते भएको र विभिन्न नजिकका अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ ।
देवघर गइरहेको बस गएराति दुर्घटनामा परेको हो । बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा करिब ४३ यात्रु रहेका थिए ।
स्थानीय र प्रहरीको मद्दतमा उनीहरुको उद्धार गरी अस्पताल लगिएको छ । मुसरीघरारी चोकनजिकै राष्ट्रिय उच्चपथ २८ मा बस पल्टिएको थियो ।
ट्रकसँग ठोक्किएपछि बसको एक्सल टुटेको र दुर्घटना भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छ ।














