काठमाडौं, ७ भदौ । डा.सिके राउतको ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण भएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रममाबीच लोकार्पण गरिएको हो । अमेरिकाबाट नेपाल फर्किएको किन भन्ने प्रश्नको जवाफ दिन अंग्रेजीमा पहिले नै प्रकाशित यो पुस्तक अनुवाद गरेर नेपालीमा प्रकाशित गरेको डा. राउतले बताएका छन ।
लोकार्पण कार्यक्रममा उनले आफूले विगतमा पुस्तक प्रकाशित गर्न समेत अफ्ट्यारो महसुस गरेको पृष्ठभूमि रहेको बताए । वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान खोज्न पुगेको उनले सुनाए ।
विश्व ग्लोबल भिलेज भए पनि पहिचानको आवश्यकता नमेटिने उनले बताए । आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा.राउतले बताएका छन् ।














