काठमाडौं, ६ भदौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी)राष्ट्रिय सभाबाट पारित भएको छ ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत पारित भएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक करिव ६ महिना अघि २०७९ फागुन २५ गते संघीय संसद सचिवालयमा दर्ता भएर प्रतिनिधि सभाका सदस्यलाई दर्ता भएको दोस्रो दिन २०७९ फागुन २६ गते वितरण गरिएको थियो भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ चैत १२ गते प्रतिनिधि सभामा प्रस्तुत गरेका थिए ।














