जनकपुर, ३ भादौं । मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले रक्षाबन्धन पर्वले सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
भाई बहिनीले मनाउने रक्षाबन्धन पर्वका अवसरमा आज शुभकामना सन्देश दिदैं यादबले हिन्दू धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक रक्षाबन्धन पर्व जनैपूर्णिमाले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुग्ने बताउनुभएको छ ।
आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रुपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु, मन्त्री यादबले ।














