काठमाडौं, २ भादौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आइतबार बिहान परराष्ट्रमन्त्री राणा भारततर्फ प्रस्थान गरेकी छिन ।
उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम गर्नेछन् ।
विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।














