मधेश सरकार जनकपुरधामको पर्यटकीय विकासमा तत्पर

जनकपुर, १ भदौ । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको तेलहा पोखरीमा फाउन्टेन्स(पानी फोहोरा) सँगै डिजिटल लाइटिङ्ग तथा पोखरी डिलमा व्यवस्थित विश्राम स्थल विकसित गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार बिहान तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्द