जनकपुर, ३० साउन । जनकपुरलाई सुन्दर र पर्यटकीय स्थलको रुपमा विकास गर्न र आकर्षणको स्थल बनाउनका लागि करोडौंको परियोजना संचालन भए पनि डिलक्स शौचालय संचालन भने अझै हुन सकेको छैन ।
जनकपुरमा सौन्र्दयकरणको योजना नक्सामै समिति भएको छ । योजना अन्तरगत ३२ वटा जनकपुरधामका ऐतिहासिक पोखरीहरुको सौन्दर्यीकरण गर्नुपर्ने थियो ।
त्यति मात्र नभएर सोही परियोजना अन्तरर्गत जनकपुरधाम उपमहानगरपालिकाको १०० वटा डिलक्स शौचालय बनाउने योजना समेत रहेको थियो ।
तर अहिलेसम्म भने एउटा पनि डिलक्स शौचालयको काम पनि पूरा हुन सकेको छैन । निर्माण त टाढाको कुरा भयो अहलिेसम्म अधिकांश डिलक्स शौचालयको त कामै शुरु हुन सकेको छैन ।
स्थानिय सरकारले जनकपुरको जानकी मन्दिरको फुलवारी अतिक्रमण गराउन सफल भएको छ । जनकपुरधामको बिभिन्न पोखरी समेत अतिक्रमण भएको छ ।
यो अतिक्रमणमा जनप्रतिनिधि र स्थानीय प्रशासनको समेत हाथ रहेको देखिन्छ । जनकपुरधाम उपमहानगरपालिका वित्तिय अनुशासन कायम गर्न समेत असफल देखिएको छ ।














