KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आमसञ्चार प्राधिकरणद्वारा पत्रकार निभा झालाई चेक हस्तान्तरण

आमसञ्चार प्राधिकरणद्वारा पत्रकार निभा झालाई चेक हस्तान्तरण

जनकपुरधाम, २९ साउन । जनकपुरधाम स्थित केपी खबर डट्कमको म्यानेजिङ्ग डायरेक्टर (एम डी)को रुपमा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ ।

आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले झालाई मङ्गलबार २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।हाल २९ वर्षिया झा जनकपुर एफ.एम. १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रुपमा समेत कार्यरत रहनुभएकी वहाँ विगत ९ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय हुनुहुन्छ ।

गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई र उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

मधेश प्रदेश प्रदेश सरकारको मन्त्री परिषद्बाट पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो । सोही अनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९÷०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो ।

शुरुका दुई वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्दैआएकोमा गत आ.व.मा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

वहाँका अनुसार चालु आ.व.२०८१÷०८२ को बजेटमा भने मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने गरी ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रुपमा रहेको प्राधिकरणले गरेको बीमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्य समेत रहनुभएकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना पत्रकार महिलाको नाम राष्ट्रिय बीमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ ।

उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिनुभयो ।

Facebook Comment


Related Posts

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

ताजा समाचार

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar