काठमाडौँ, २५ साउन । न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ ।
न्यायाधीश नियुक्ति प्रयोजनका लागि शुक्रबार न्यायपरिषद्को बैठक आह्वान भएको छ । परिषद्का सदस्यहरूसँगको आन्तरिक परामर्शपछि शुक्रबार दिउँसो नै बस्नेगरी बैठक प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बोलाएका हुन् ।
बैठकले जिल्लामा न्यायाधीश नियुक्ति गर्ने मात्रै एजेन्डा तय भएको प्रधानन्यायाधीश स्रोतले जनाएको छ ।
सर्वोच्चमा ४ र उच्च अदालतमा समेत १० जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था रहेपनि आजको बैठकमा यो एजेन्डा नरहेको स्रोतले बताएका छन ।














