काठमाडौँ, २० साउन । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतवार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकारको आह्वान गरेका थिए ।
प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए ।














