बागमती नदी किनारमा एक पुरुषको शव भेटिए

काठमाडौं, २० साउन । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा एक जनाको शव भेटिएको छ ।

अन्दाजी ४०÷४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन ।

शवको सनाखत हुन सकेको छैन । आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।