KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सहकारीलाई प्रभावकारी बनाउनुपर्छ : मुख्यमन्त्री सिँह

सहकारीलाई प्रभावकारी बनाउनुपर्छ : मुख्यमन्त्री सिँह

जनकपुर, १९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान गर्न र तिनका आधारमा समाधानका उपाय खोज्न सम्बद्ध सरकारी निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा मुख्यमन्त्री सिँहले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर नियमन, सुशासन र दायित्वबोधका आधारमा अगाडि बढाउन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।

उनले पछिल्ला दिनमा केही संकटग्रस्त सहकारीका कारण सहकारी भन्नेबित्तिकै झसङ्ग हुने अवस्था आएको औँल्याउँदै सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य, मान्यता र आदर्श प्रवद्र्धन गर्न सकिए यस क्षेत्रको विश्वसनीयता र प्रभावकारिता वृद्धि हुने उल्लेख गरे ।

सार्वजनिक निकाय उत्पादन तथा व्यवसाय क्षेत्रमा प्रत्यक्ष रूपमा सहभागी नहुने र निजी क्षेत्र नाफामूलक क्षेत्रमा बढीजसो आकर्षित हुने हुँदा उत्पादन तथा व्यावसायिक गतिविधिमार्फत राष्ट्रिय अर्थतन्त्रमा सहकारीले पुर्याउँदैआएको योगदानको प्रशंसा गरे ।

उनले भने, ‘राष्ट्रको तीव्र विकासमा सहकारीले राम्रो भूमिका निर्वाह गरिरहेको छ । राज्यसँग समन्वय गर्ने सहकारीहरूले विभिन्न देशमा राम्रा काम गरेका छन् ।

मुख्यमन्त्री सिँहले सञ्चालक समिति र सदस्यहरूबीच तालमेल नहुँदा किसानलगायत सर्वसाधारणको निक्षेपदेखि अन्य विषयमा समस्या देखिएको भए पनि ती कुरालाई समाधान गर्न सम्बद्ध निकायहरूले प्रतिबद्धता व्यक्त गरिरहेको प्रस्ट्याए ।

ऋण चुक्ता गरिसके पनि धित्तो राखिएका जग्गा फुकुवा नभएको गुनासा आइरहेको भन्दै उनले त्यस विषयमा आफूले आधिकारिक व्यक्तिहरूसँग कुरा गरेको र थर्ड पार्टी कोल्याट्रलसँग जोडिएका समस्या अन्त्य हुने आश्वासन पाएको जानकारी गराए ।

Facebook Comment

Related Posts

उपचार खर्च जुटाउन छोरीले बेचिन् गरगहना, परिवारको सहयोग याचना

उपचार खर्च जुटाउन छोरीले बेचिन् गरगहना, परिवारको सहयोग याचना

मधेशबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्दै रास्वपाको नयाँ व्यवस्था

मधेशबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्दै रास्वपाको नयाँ व्यवस्था

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

खर्च कटौती प्रस्तावमाथि निर्णय गर्दै प्रतिनिधिसभा

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar