काठमान्डौँ, १८ साउन । चितवनमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ।
असार १५ गते शनिबार चितवनको माढी नगरपालिका–६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार भएको हो । परिवारसँगै एउटा घरमा खाना खाएपछि सुत्नका लागि अर्को घर फर्किँदै रहेछिन् ।
अर्कै बाटो लागेछिन्। बाटोमा तीन जना केटाहरूले भेटेपछि कोठामा लगेर सामूहिक बलात्कार गरेको डिएसी रिजालले भने । उनका अनुसार ती तीन विद्यार्थी चितवनको एक प्राविधिक शिक्षालयमा अध्ययनरत छन ्।
१७, १८ र २३ वर्षका तीन जनाले शनिबार साथीको जन्मदिन मनाएर फर्कँदै गर्दा बाटोमा ती महिलालाई भेटेका थिए ।
उनीहरूलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी रिजालले जानकारी दिए ।














