काठमान्डौँ, १७ साउन । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ घटाएको छ । हवाई इन्धनको मूल्य भने यथावत् छ ।
यसअघि चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ थियो भने आजदेखि १६७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १७० रुपैयाँ थियो भने अब १६९ रुपैयाँ कायम भएको हो । त्यस्तै, पोखरा, काठमाडौं र दिपायल क्षेत्रमा १७१ रुपैयाँ थियो भने आजदेखि १७० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
त्यस्तै, पोखरा, काठमाडौं, दिपायल क्षेत्रमा १६० रुपैयाँ रहेकामा घटेर १५८ रुपैयाँ पुगेको निगमले जनाएको छ ।














