काठमाडौं, १७ साउन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबीच सहमति जुटेको छ ।
दलहरूबीच कुरा नमिल्दा लामो समयदेखि कोपभाजनमा परेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको छ ।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का नेताहरू सम्मिलित कार्यदलको बिहीबार बिहान गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा यसअघि मिल्न बाँकी रहेका चार वटै विषयमा सहमति जुटाएका छन ।
बैठकमा गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मालगायत छलफल भएको थिया े।
सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई संयुक्त रूपमा बुझाउने बैठकपछि नेताहरूले बताएका छन् ।
एमाले मुख्य सचेतक बर्तौलाले यसअघि मिल्न बाँकी सबै विषयमा सहमति भएको र अब त्यही आधारमा विधेयक संशोधन गर्ने जानकारी दिएका छन ।
सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषय यसअघि विवादित थियो ।














