हेटौंडा, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएका छन् ।
मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ बागमती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मतसांसदको समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन ।
मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरेका छन् । प्रदेश सभाको दोस्रो कार्यकालको १९ महिनामा विश्वासको मत चौथो पटक लिइएको हो ।
यसअघिका मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले सत्ता समीकरण फेरबदल भइरहेका कारण २५ पुस २०७९ यता मात्रै तीन पटक विश्वासको मत लिएर सरकार टिकाएका थिए ।