काठमाडौँ, १४ असार । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको छ । सोमबार निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले आफ्नो नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए ।
समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको छ । प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।














