काठमाडौँ, १३ साउन । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले काँग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको बताएका छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्दा माओवादी र काँग्रेसको सरकार रहेको उनले स्मरण गरे । एमालेले पनि सरकारमा पुगेसँगै यो प्रकरणलाई निष्कर्षमा पुयाउनुपर्ने उनको आग्रह छ ।