काठमाडौँ, १३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधि सभा बैठकमा उनले यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको बताएका छन भने उनले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाइन्सले व्यहोरेको पनि जानकारी दिए ।
गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरे लगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।