काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला–संस्कृतिका लागि उर्बर भूमि भएको बताएका छन् ।
नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको शनिवार लोकार्पण गर्दै उनले ‘हाम्रो मुलुक साहित्य साधनाको उर्बर भूमि र ज्ञानको उद्गम स्थल हो’ भने । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै ‘रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीहरूमा रहेको छ ।
लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्केपनि स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता गर्नु नपर्ने बताएका छन ।
दुई पटक मिर्गौला फेरेर पनि आफू स्वस्थ नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए ।