जनकपुर, १२ साउन । जनकपुर–जयनगर रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा काटिएको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका–३ महुवाका मिश्री दासका छोरा लगभग ३५ वर्षीय श्रीराम दासको खुट्टा रेल्वे लिकमा परेर काटिएको छ ।
धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेका श्रीराम शनिवार बिहान सवा ११ बजे जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अफमलिएर रेलकै लिकमा परेका थिए, जसका कारण दुवै खुट्टा गुमाएका छन् ।
दासको तत्काल उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी जानकारी दिए ।














