कठमाडौं, ११ साउन । असार ९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ ।
शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएसँगै आफन्तलाई शव बुझाउन थालिएको छ । पहिचान भएका शवहरू आफन्तलाई बुझाउन थालिएको हो ।
त्रिवि परिसरमै शव व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, को–पाइलट सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका छन् ।
अन्य शवहरू आफन्तहरूको समन्वयमा बुझाइने ती प्रहरी अधिकारीले जानकारी दिए । दुर्घटनामा १८ जनाको निधन भएको थियो भने एक जना घाइते भएका थिए ।