काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल भएका छन् ।
प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको छ । दुवै दलका शीर्ष नेताहरूबीच चीन, रसिया, जापान र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने समझदारी भइसकेको छ ।
उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ । यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको छ ।
प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ ।