काठमाडौँ, ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धन र सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको बताए ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको उनले बताए ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ ।
उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन्र उनले भने ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताए ।
‘राजनीतिक रूपमा राम्रो आधार बनेको छ अव त्यसलाई सङ्गठनमा बदल्नुपर्ने अवसर प्राप्त भएको छ’, प्रचण्डले भने, ‘अव मेरो पहल पार्टीलाई एकताबद्ध र नीति कार्यक्रम जनमुखी बनाउनेमा हुनेछ ।