काठमाडौं, ७ साउन । नेपालको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीलाई ४३ बुँदे सुझाव दिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ ।
कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृङ्खलामा पारेको असर एवं पछिल्लो तीन वर्षदेखिको निरन्तर सङ्कुचित नीतिले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।