काठमाडौं, ४ साउन । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतका ६ सांसद रहेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ भने केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन । तर मधेश प्रदेशमा कांग्रेस र एमालेको साथमा जनमतले सरकारको नेतृत्व गरिरहेको छ ।














