काठमाडौं, ४ साउन । काठमाडौं कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई उद्धार गरेका हुन् ।
रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनुभएको हो भने गैरकानूनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी मिश्रले बताए ।