काठमाडौ, ३ साउन । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।
बिहीबार लोसपा अध्यक्ष एवं संसदीय दलका नेता ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताइएको छ ।
बैठकपछि जानकारी दिँदै सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिएका छन ।
ओली नेतृत्वको सरकारलाई समर्थन गरेको दल लोसपाबाट यसअघि नै भागबण्डामा परेको एक सांसदलाई सरकारमा पठाएको छ भने लोसापका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री रहेका छन् । हाल प्रतिनिधिसभामा लोसपाका चार सांसद रहेका छन ।