जनकपुरधाम, ३ साउन । अर्थसहित चार मन्त्रालय लिएर नेपाली कांग्रेस आज मधेश सरकारमा सहभागी हुँदै छ ।
जनमतले अर्थसहित चार मन्त्रालय दिने भएपछि काँग्रेस आज सरकारमा सहभागी हुन लागेको छ ।
जनमतले अर्थ आफैसित राख्ने अडानको कारण काँग्रेस बिच्केको थियो । काँग्रेसबाट चार मन्त्रालय सम्हाल्ने मन्त्रीको लागि चारजनाको नाम मुख्यमन्त्री सतिश कुमार सिंहलाई पठाएको छ ।
रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम काँग्रेसले टुंगो लगाइसकेको छ ।
उनीहरुको नाम मन्त्रीको लागि आज मुख्यमन्त्री सतिशकुमार सिंह समक्ष पठाएको काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जानकारी दिनुभएकाउ छ ।
आजै लोसपालाई समेत सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ । केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो ।