काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै विश्वासको मत लिने तयारी गरेका छन् ।
आउँदो ६ गते विश्वासको मत लिने छलफल भएको प्रधानमन्त्री निकट स्रोतले बताए । ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलीपल्ट सपथग्रहण गरेका थिए ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेका छन् ।
६ गते विश्वासको मत माग्नेबारे छलफल भए पनि टुंगोमा नपुगेको स्रोतले बताए । प्रधानमन्त्रीले ६ गते संसदबाट देशवासीका नाममा संवोधन गर्ने कार्यक्रम पनि छ ।