केपी रिपोर्टर,निभा झा
जनकपुर, २९ असार । जनकपुरधाममा शुक्रबारदेखि मछली रसोई सञ्चालनमा आएको छ ।
जनकपुरधामको पिराडी चोकमा सञ्चालित रेष्टुरेन्टले मिथिलाको स्वादमा जनकपुरको प्रसिद्ध माछा पाइने दाबी गरेको छ । मिथिलाको महत्वपूर्ण परिकारमध्येको माछा हो, विशेषगरी जनकपुरको माछा स्वदेश तथा विदेशमा प्रसिद्ध रहेकोले मछली रसोई ल्याएको मछली रसोईकी सञ्चालक डा रुवि सिंहले बताईन । पेशाले चिकित्सक भए पनि आफ्नो मिथिलाको माटो, रितिरिवाज र संस्कृतिप्रति समर्पित रहँदै उनले बाल्यकालदेखि नै मिथिला र जनकपुरका प्रसिद्ध माछा दर्शनार्थीलाई सेवा दिने इच्छा पूरा गर्न ‘ मछली रसोई’ सञ्चालन गरेको उनले बताईन ।
देशका विभिन्न भागमा जनकपुरको नाममा माछा र माछाको परिकार बिक्री हुन थालेपछि जनकपुरको प्रसिद्ध माछाको स्वाद बाहिर मात्रै नभएर जनकपुरमा पनि पाउने बताए । जनकपुर र वीरगन्जका सेफहरूले मिथिलाको स्वादिलो माछाको परिकार बनाएर खुवाउने र मछली किचनमा विभिन्न परिकारका माछाका भेराईटी पाइने सञ्चालक डा रुवि सिंहल दाबी गरेकि छीन ।