काठमाडौं, २८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई अब जेल हाल्न सकिने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको जवाफ दिँदै मन्त्री लामिछानेले अब सहकारी काण्डमा आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने बताएका हुन् ।
अब त संसदीय समितिमा पनि तपाईंहरूको बहुमत भयो होला । अब त मलाई ठग प्रमाणित गर्न पनि कुनै आपत पर्दैन होला । गर्नुस् ठग प्रमाणित ।’ उनले भने, यो देशमा कोही न कोही जेल जानुपर्छ, सुरूवात मबाट गर्नुस् ।
म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन । आफ्नो कार्यकालमा औपचारिक उद्घाटनमा रुची नभए पनि आफूले नेपालगन्जमा एउटा जेलको उद्घाटन गरेको उनले सुनाए ।
किनकि मलाइ थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टहरूलाई जेलमा हाल्छु । सकिनछु भने तिनले मलाई जेल हाल्नेछन् । त्यसकारण मैले जेलको उद्घाटन गरेर आएको छु ।TK