काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली काँग्रेस र नेकपा एमालेसँग आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले संविधान संशाधेन गर्ने भए प्रत्यक्ष कार्यकारीमा जान आह्वान गरे ।
उनले अँध्यारो कोठाको रातिको प्रश्ताव नभई नेकपा (माओवादी केन्द्र) को संसदमा गरिएको प्रश्ताव भएको बताए । यसका लागि काँग्रेस र एमाले तयार हो की होइन? भन्दै प्रश्न गरे ।
उनले निराधार आरोप लगाएर संसदका दुई प्रमुख प्रतिष्पर्धी पार्टी रहस्यमय रूपमा एक ठाउँमा उभिएको बताए । उनले काँग्रेस र एमालेको सहकार्यले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोजेको गन्ध आएको बताए ।
अस्थिरताको कारण देखाएर तपाईहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोजेको स्पष्ट देखिएको बताए । केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत भइरहेको बताए ।