जनकपुरधाम, २७ असार । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार बसेको जनमत पार्टीको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै एमालेलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् भने सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्मा विश्वासको मत माग्दै छन् भने प्रधानमन्त्री प्रचन्डले विश्वासको मत पाउने सम्भावना न्यून छ ।














