काठमाडौं, २७ असार । नेपाली कांग्रेसले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम रहेको हुँदा विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई बिहीबार लिखित निर्देशन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिएका हुन् ।
लेखकले जारी गरेको निर्देशन पत्रमा भनिएको छ, ‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन विहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ ।
यसअघि बुधबार नेकपा एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री प्रचण्डका विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।












