काठमाडौं, २७ असार । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ ।
बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेका अनुसार शर्मा घरमा एक्लै बस्थिन् ।
आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।