जनकपुरधाम, २६ असार । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ भने आज बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
कोशी र मधेश प्रदेशका एक÷दुई स्थानमा अति वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम बढेकाले त्यसबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।