काठमाडौं, २४ असार । नेपाली कांग्रेस र नेकपा(एमाले)का नेताहरूलाई एक अर्कालाई विश्वास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुझाव दिएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताए ।
झाले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भए पनि कांग्रेस–एमाले डराएका पनि बताए ।
संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास? किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरि ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ? तपाईंहरूकै संख्या छ ।
तपाईंहरूकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न, एकअर्कालाई विश्वास गर्नुस् न,’ झाले भने । विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि उनले आग्रह गरे ।