काठमाडौं, २३ असार । प्रहरीले १४ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ ।
ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।
सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामको वर्कसप भित्र गाडी रोकिरहेको अवस्थामा सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएका बताइएको छ ।
पक्राउ पर्नेमा भारत रक्सौलका अमन कुमार, सोही ठाउँका विकीकुमार साह र सवारी चालक पर्सा लिपर्नी विर्ता घर श्रवण कुमार कानू रहेका छन ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जानकारी ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।














