काठमाडौं, २३ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल ’प्रचण्ड’लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
संसदीय दलको बैठकले असार २८ गते अगाडि नै राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
प्रधानमन्त्रीले राजीनामा नगरे असार २८ गते विश्वासको मत नदिने निर्णय गरेको पनि उनले बताए ।
१७ असारमा कांग्रेस र एमालेले नयाँ समीकरण बनाउने सहमति गरेका थिए भने एमालेले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री अल्पमतमा पुगेका छन् । तर राजीनामा नदिएका प्रधानमन्त्रीले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।