जनकपुर, १९ असार । मधेशका जिल्लाहरूमा धान रोपाई शुरु भएको खुसीयालीमा किसानहरुले १५ दिनसम्म घर घरमा मनाउने आद्रा पर्व सुरु भएको छ ।
१५ दिनसम्म किसानहरुले घर घरमा खीर, पुरी, आँप तथा जामुन खाएर आद्रा पर्व मनाउने चलन रहेकोमा आधुनिकतासँगै हराउन थालेपछि यसको संरक्षणका लागि तराई मधेश लोकतान्त्रिक पार्टीको महिला सङ्गठनले आद्रा महोत्सव २०८१ जनकपुरमा मनाएको छ ।
आद्रा नक्षत्र शुरु भएको १५ दिनसम्म रोपाई हुने भएकाले यसको महत्व पनि निक्कै बढी रहेको छ । तर विगत केही वर्ष यता खेतीप्रति नै जागरूकता नदेखिएका युवाहरूलाई आद्राको विषयमा जानकारी नभएकाले जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको तराई मधेश महिला संघकी अध्यक्ष बिभा ठाकुरले बताईन ।
कार्यक्रमका बोल्दै तमलोपाका केन्द्रीय अध्यक्ष बृशेषचन्द्र लाल कर्णले संबिधान संसोधन हाम्रो पनि माग हो र यसलाई संसोधन गर्न यति नै जरुरी रहोको बताए ।
यता तमलोपाका वरिष्ठ उपाध्यक्ष डा. विजयकुमार सिंहले आद्र भनेको पानी परेपछि किसानहरु हर्सोलासका साथ धान रोपाई सुरु गर्ने गरिन्छ ।
आद्राको अनैको धार्मिक महत्व रहेको उनले बताए । कार्यक्रममा सखि बहिन्पा समुहका सखिहरु,बिभिन्न पार्टिका पार्टि प्रतिनिधि,पत्रकारहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो ।