काठमाडौं, २४ जेष्ठ । बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएको प्रष्टीकरण नेकपा एमालेका महासचिव शंकर पोखरेलले दिएका छन् ।
पार्टीले आयोजना गरेको बजेटमाथिको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बजेटमाथि असहमति रहे पनि प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा रहेको बताउनुभएको छ ।
यो सत्ता समीकरण बनाउने हामी मुख्य साझेदार हौँ । र, यो समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहन्छौँ । त्यसैले बीचमा दायाँबायाँ हुने अवस्था छैन । यो बीचमा केही गर्छौँ कि भन्न मनसाय छैन ।
०८४ सम्म जानको लागि यो सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी होस् भन्ने हाम्रो चिन्ता छ ।
हामी साझेदार भएकाले प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनोस्, जनताको अपेक्षामा खरो उत्रियो भन्ने चाहेका छौँ । बजेट निर्माणमा त्यो कुरामा चाहिँ ख्याल पुगेन कि ध्यान गएन कि, सत्ता साझेदार दलहरूसँग पर्याप्त परामर्श गरेका भए कमी कम हुन्थ्यो कि भनेका हौँ ।
यसलाई असहमति मान्नुहुन्छ भने असहमति पनि हो । सुझाव मान्नुहुन्छ भने सुझाव पनि हो ।