काठमाडौं, १९ जेठ । मधेशमा पानी अभावको विषय उठाएर आइतबार मधेशका बासिहरुले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छ ।
चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वतर्फ गइरहेका सर्वसाधारणलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको थिए ।
प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् । उनीहरुले आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकार लगायत नारा लगाइरहेका छन् ।
२५ दिन पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा १० दिनदेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।
चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताए ।