काठमाडौं, ३० वैशाख । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।
गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको छ । धिमालको बीच बाटोमै हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए ।
सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको एसएसपी रजौरेले जानकारी दिएका छन । हत्याको कारण भने खुलेको छैन ।
प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ । धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।














