जनकपुरधाम, ९ बैशाख । मधेसमा दाईजो प्रथा बढ्दै जादा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ बस्ने स्व.लक्ष्मण झाको ३१ वर्षिय सुरेन्द्र कुमार झा र रौतहटको गढिमाई नगरपालिका वडा नं. ४ पर्सा बस्ने संजय ठाकुरकी छोरी वर्ष २१ की अनुपम ठाकुरबीच आदर्श विवाह सम्पन्न भएको छ ।
तराई मधेसमा दाईजोका विगविगी चलिहरेको बेला दुई परिवार वीचको सहमतिमा सुरेन्द्र कुमार झा र अनुपम ठाकुरबीच विना दाईजोको आदर्श विवाह गरिएको छ ।
मधेश लगायत अन्य प्रदेशमा दाईजोकै निहुँमा दिनहुँ हत्या, हिँसा जस्ता अपराधिक क्रियाकलापहरु बढीरहेको बेला यी दुई परिवारबीच आदर्श विवाह भएको छ ।
समाजको ती दाईजो प्रथालाई बहिस्कार गर्दै झाले विना दाईजोको आदर्श विवाह सम्पन्न गरेका छन् । बेहुली पक्ष आर्थिक रुपले सम्पन्न भएपनि बेहुला पक्षले विना दाईजोको आदर्श विवाह गर्ने साहस देखाएपछि आदर्श विवाह सम्पन्न भएको छ ।
उनीहरुको आदर्श विवाहलाई शिक्षित समाजले साकारात्मक रुपमा लिएका छन । उनीहरुको विबाह यही मिति २०८१ वैशाख ०७ गते रौतहटको गढिमाई नगरपालिका वडा नं. ४ पर्सा(बेहुलीको घर)मा सम्पन्न भएको थियो ।